Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मेलम्चीका बाढी पिडित गास बासको जोहोमा जुट्दै 

मेलम्चीका बाढी पिडित गास बासको जोहोमा जुट्दै 

images

पत्रपत्रिका

२७, श्रावण २०७८
मेलम्चीका बाढी पिडित गास बासको जोहोमा जुट्दै 
images

दिपिन ढुंगाना, सिन्धुपाल्चोक, २७ साउन । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीेले सिन्धुपाल्चोकमा भौतिक र मानवीय रुपमा ठूलो क्षति गरेको छ । बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी–थाङपाल गाउँपालिका भित्रका नदी तटीय क्षेत्रमा रहेका निजी आवास, विद्यालय, सरकारी भवन र मठमन्दिर भत्किएको छ ।

अहिले नागरिक गास र बासको जोहोमा छन् । डेढ महिना देखि मेलम्ची नदीमा बारम्बार आइरहने बाढीका कारण सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले धनजनको क्षति व्यहोरेको छ । जोखिम न्यूनीकरण, क्षतिपूर्ति र उद्धार जस्ता कार्यमा राज्य संयन्त्रले सधै ढिलासुस्ती गरेको भन्दै प्रभावितहरु गास र बासकोे चिन्तामा छन् ।

पर्यटकीय क्षेत्र मेलम्ची बजार र हेलम्बुलाई बाढीले पुर्णरुपमा क्षत विक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेका यस क्षेत्रलाई पुरानै अवस्थामा फर्किन निकै कठिन हुने देखिएको छ । स्थानीय तह तत्कालको लागि गाँस,बाँस र कपासको व्यवस्थापनमा लागेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

मेलम्ची बजार आसपासका खेतका फाँटमा पनि अहिले मेलम्ची र इन्द्रावती नदी बगिरहेको छ । बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ६ वटा पक्की पुल र १२ वटा झोलुङ्गे पुल बगाएको छ । बाढीले विकासका पूर्वधारमा क्षति पुगेकाले पर्यटकीय नगरी मेलम्चीका व्यवसायी विस्थापित हुने अवस्थामा छन् । मेलम्चि नगरपालिकाका प्रमुख डम्बर अर्याल सबैभन्दा पहिले बस्ति संरक्षण गर्ने उपाय खोजिरहेको बताउनुहुन्छ ।

असार १ गतेपछि आएको बाढीले हेलम्बु र मेलम्चि क्षेत्रका घरमा क्षति पुगेको छ । मोटरबाटो , विद्युत लगायतको संरचनामा पनि प्रभाव परेको छ ।  हजारौ रोपनी खेती योग्य जमिन ध्वस्त भएको छ भने  दशवटा ट्राउट माछा फार्म पूर्ण रुपमा क्षति भएका छन् । 

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १८:५७:३४ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology