Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय सभाको बैठक आज बस्दै 

राष्ट्रिय सभाको बैठक आज बस्दै 

images

इच्छाकामना न्युज

२६, श्रावण २०७८
राष्ट्रिय सभाको बैठक आज बस्दै 
images

काठमाण्डौ, २६ साउन । राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बिहान ११बजे सुरु हुने बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीछ। ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजैको बैठकमा पेस हुने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:०८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology