Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा बलात्कारको घटना डरलाग्दो गरी बढ्दै, एकवर्षमै २१ बालिका बलात्कृत

गोरखामा बलात्कारको घटना डरलाग्दो गरी बढ्दै, एकवर्षमै २१ बालिका बलात्कृत

images

पत्रपत्रिका

२६, श्रावण २०७८
गोरखामा बलात्कारको घटना डरलाग्दो गरी बढ्दै, एकवर्षमै २१ बालिका बलात्कृत
images

गोरखामा एक वर्षमा २१ जना बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीमा आएको उजुरीका अनुसार आर्थिक वर्ष २०७७/०७८मा यसअघिका बर्षमा भन्दा बालिका जवरजस्ती करणीको घटना यसबर्ष बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा २१ जना बालिका जवरजस्ती करणीको शिकार भएका छन् ।

प्रहरीका अनुसार २८ वटा बलात्कारका मुद्धामा ३० जना पिडक छन् । पिडित १८ वर्ष मुनिका धेरै छन् भने पिडक १८ देखि २५ वर्षका धेरै छन् ।
जवरजस्ती करणीको घटनामा १८ देखि २५ वर्षका पाँच जना, २६ देखि ३५ वर्षका एक जना र ३६ देखि ४५ वर्षका एक जना रहेका छन् । घटनमा पिडक वा आरोपीहरु भने १८ वर्षमाथिका २० जना छन् ।

गोरखामा गत वर्ष बलात्कारको घटना बढेको छ । आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीको १५ मुद्धा दर्ता भएको थियो भने ७६/७७मा १३ वटा र ०७७/०७८ मा २७ वटा दर्ता भएको छ ।

जवरजस्ती करणी उद्योगको तीन वर्षयताको तथ्याङ्क हेर्दा पहिलो वर्ष सात, दोस्रो पाँच र तेस्रो वर्ष नौ वटा मुद्धा दर्ता भएको डिएसपी प्रकाश दाहालले बताए । बाल यौन दुरुपयोगको मुद्धा भने पहिलो वर्ष छ, दोस्रो तीन र तेस्रो वर्ष दुईवटा दर्ता भएको छ । प्रहरीले अहिले हिंसा र बलात्कारका घटना बढेको भन्दापनि बाहिर आउने क्रम बढेको हुन सक्ने बताएको छ ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०८:५३:२२ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology