Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चार वर्षमा उल्लेख्य काम गरेको भरतपुर महानगरपालिकाका मेयर दाहालको दाबी

चार वर्षमा उल्लेख्य काम गरेको भरतपुर महानगरपालिकाका मेयर दाहालको दाबी

इच्छाकामना न्युज

२५, श्रावण २०७८
चार वर्षमा उल्लेख्य काम गरेको भरतपुर महानगरपालिकाका मेयर दाहालको दाबी

चितवन, २५ असार । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७ र ०७८को वार्षिक समीक्षा बैठक गरेको छ ।

images

गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ । महानगर परिसरमा सम्पन्न समीक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका बिषयमा प्रस्तुति राखेका थिए।

उक्त अवसरमा महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूले महाशाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए । योजनाहरूको छनोट समयमै मूल्याङ्कन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनीकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।

वार्षीक समीक्षा कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्रमा आर्थिक वर्ष २०७७ र ०७८ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका समग्र विकास निर्माण तथा सेवाप्रवाहलाई प्रभावकारी ढंगले अगाडि बढाउन सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिएकी थिइन् । प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कार्य गर्न आग्रह गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह गरेकी छन् ।

प्रमुख दाहालले आफू र जन प्रतिनिधीहरूले हर तवरको सहयोग पु¥याउने बताउँदै उच्च मनोवलका साथ कार्य सम्पादनमा लाग्न आग्रह गरेकी थिइन् । बितेको चार वर्षमा आफूले समग्र भरतपुरको विकासका लागि उल्लेखनीय कामहरू गरेको बताउँदै केही बाँकी रहेका योजनाहरू पनि यस आर्थिक वर्षमा अगाडि बढ्ने बताइन् ।

कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरीले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुनपर्ने बताइन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिविधिहरू अगाडी बढाएर काम गर्न कर्मचारीलाई आग्रह गरेका थिए । वार्षिक समीक्षा बैठकमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समीक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १९:५४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology