Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोरखा अजिरकोटका ७२ वर्षका वृद्व पक्राउ

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोरखा अजिरकोटका ७२ वर्षका वृद्व पक्राउ

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोरखा अजिरकोटका ७२ वर्षका वृद्व पक्राउ
images

काठमाडौं, २५ साउन । गोरखामा बालिका बलात्कारको आरोपमा ७२ बर्षका एक बृद्धलाई प्रहरीले पक्राउ परेका छन् ।

जिल्लाको अजिरकोट गाउँपालिका घर भएका लेखनाथ खनाललाई ५ बर्षिया बालिका माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।

पक्राउ परेका खनालले मादक पर्दाथ सेवन गरी सोही ठाउँकी एक बालिकालाई जबरजस्ती करणी गरेको भनि पिडित बालिकाको आमाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए । उनले ललाई फकाई नावालिकालाई आफ्नै घरमा कोही पनि नभएको समयमा करणी गरेको पिडितले बताएको डिएसपी दाहालले जानकारी दिए।

बालिकाले घटनाको बारेमा आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।

उनलाई जिल्ला अदालत गोरखाबाट आज ७ दिनको म्याद थप गरि जबरजस्ती करणी शिर्षकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १९:१३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology