Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामना गाउँपालिकाको पशु शाखा मार्फत कामै नगरि ७ लाख ५० हजार भुक्तानी

इच्छाकामना गाउँपालिकाको पशु शाखा मार्फत कामै नगरि ७ लाख ५० हजार भुक्तानी

रकम भुक्तानीको १ महिना पछि बोका किनेर वितरण गर्दा अनियमितताको आशंका, सामाजिक संजालमा भाईरल 

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
इच्छाकामना गाउँपालिकाको पशु शाखा मार्फत कामै नगरि ७ लाख ५० हजार भुक्तानी
images

मुग्लिन, २५ साउन । चितवनको इच्छाकामना गाउँपालिकाको पशु शाखा मार्फत कामै नगरि ७ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ।
शाखाले आव २०७७÷०७८ को संघिय कार्यक्रम अन्तरगत बाख्रा पकेट अनुदान कार्यक्रमका लागि इच्छाकामना मासु उत्पादक समूहलाई कामै नगरी कागजपत्र मिलाएर ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो।

गत आर्थिक बर्षको बाख्रा पकेट एरियाको लागि छुट्टाइएको १५ लाख रुपैया मध्य इच्छाकामनाको सिराइचुली कृषक महिला समूह र इच्छाकामना मासु उत्पादक समूहलाई ७ लाख ५० हजारको दरले छुट्टयाइएकोमा असार मसान्तसम्म काम गर्न नसकिएको कारण पछि काम गर्ने सर्तमा इच्छाकामना मासु उत्पादक समूहलाई रकम भुक्तानी गरेको थियो। यस्तै सिराईचुली कृषक महिला समूहको रकम भने फ्रिज भएको जानकारी दिएको थियो।

कामनै नगरी ७ लाख ५० हजार रकम बुझेको इच्छाकामना  मासु उत्पादक समुहले भने आईतबार स्थानियलाई बितरण योग्य नदेखिने १४ वटा बोयर क्रस बोका  बितरण गरेपछि पहिले भुक्तानी लिएर पछि काम गरेको रहस्य खुलेको हो। समूहले ११ वटा ठूलो र ३ वटा सानू बोयर क्रस बोका प्रती बोका ठुलोलाइ ५ हजार र सानू लाई ३ हजारको दरले कृषक सङ लिएर बितरण गरिएको थियो।

coment.jpg

समूहले किनेर वितरण गरेको बोका र मूल्य बिचको अन्तर अस्वभाविक देखिएपछि स्थानीयले बाख्रा पकेट अनुदानको बजेटमा अनियमितता भएको आशंका गरेको छ। स्थानीयले बोकाको तस्विर खिचेर सामाजिक संजालमा राख्दै प्रश्न गरेका छन्। यति बेला यो काण्ड सामाजिक संजालमा भाइरल बन्न पुगेको छ।

यो सम्बन्धमा इच्छाकामना गाउँपालिकाको पशु सेवा शाखा प्रमुख दिपक पुरी सँग कुरा गर्दा कानुनी जटिलता भए पनि कृषकको लागि आएको पैसा फ्रीज नहोस भनेर व्यावहारिकतालाइ ध्यान दिदै शसर्त एउटा समुहलाइ गत ३१ गते रकम भुक्तान गरिएको र उक्त समुहले अहिले काम गरेको स्विकारेका छन्।

उनका अनुसार बाख्रा पकेट अनुदानको रकमले त्यति १४ वटा बाख्रा खरिद मात्र गर्ने नभै त्यही बजेट अन्तरगत खोर सुधार तथा मासु ठेला बितरण लगाएतको काम गर्न बाकि नै रहेको बताए।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १२:५८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology