Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्दै 

एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्दै 

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्दै 
images

काठमाण्डौ, २५ साउन । महाधिवेशन केन्द्रित छलफलका लागि नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आजका लागि बोलाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक बिहान ११ बजे र दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बिहान बस्ने स्थायी कमिटीको बैठकले दिउँसोको केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गर्ने सचिव तामाङले जानकारी दिनुभयो । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

आजको केन्द्रीय कमिटीको बैठकले वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे निर्णय गर्ने सचिव तामाङले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै पनि निर्णय गर्नेगरी बैठक नराख्न माग गर्दै आएको छ । 

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ०९:२७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology