Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भोलीदेखि चितवनमा निषेधाज्ञा झन् कडा, पसलहरु हप्ताको ३ दिन बिहान १० बजेसम्म मात्र खोल्न पाउने

भोलीदेखि चितवनमा निषेधाज्ञा झन् कडा, पसलहरु हप्ताको ३ दिन बिहान १० बजेसम्म मात्र खोल्न पाउने

images

इच्छाकामना न्युज

२४, श्रावण २०७८
भोलीदेखि चितवनमा निषेधाज्ञा झन् कडा, पसलहरु हप्ताको ३ दिन बिहान १० बजेसम्म मात्र खोल्न पाउने
images

चितवन, २४ साउन । चितवमा जारी रहेको निषेधाज्ञामा पुनः कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरिएको जनाएको छ । आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञामा कडाइ गरिएको छ ।

प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।

यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ ।

यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेत हुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले संक्रमण बढ्दै गएमा जुनसुकै बेलामा पूर्ण निषेधाज्ञा लागु गर्ने बताएको छ ।

cddd.jpg

cddddd.jpg

cddddddd.jpg

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १७:५०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology