Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जनपत्रकार संगठन चितवनको अध्यक्षमा होमनाथ न्यौपाने चयन

जनपत्रकार संगठन चितवनको अध्यक्षमा होमनाथ न्यौपाने चयन

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
जनपत्रकार संगठन चितवनको अध्यक्षमा होमनाथ न्यौपाने चयन
images

चितवन, २३ साउन । जनपत्रकार संगठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा १३ सदस्य नया कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सुर्दशन पौडेलको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा १३ सदस्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रकाश सिग्देल र सुर्य बराल, सचिवमा सुरज शर्मा, सहसचिवमा बासुदेव आचार्य र कोषाध्यक्षमा जेसिका पुलामी रहेका छन् । त्यस्तै सदस्यहरुमा आरती सापकोटा, अर्जुन चौधरी, शुक्रराज आचार्य, समिर मल्ल, जुना पौडेल र स्मृति खतिवडा रहेका छन् त्यस्तै प्रकाश आचार्यलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज सुर्दशन पौडेलले पत्रकारहरुले जनताको पक्षमा कलम चलाउदै आम नागरिकलाई सुसुचित बनाउन पर्नेेमा जोड दिए ।

शिक्षा स्वास्थ्य लगायतका धेरै ठाउँमा भएका विसंगति र बेथितीका विरुद्ध ससंक्त आवाज उठाउनु पर्ने उनको आग्रह थियो । पार्टीको एजेन्डाहरुलाई आम मानिसमा स्थापित गर्न पनि पत्रकारले महत्वपुर्ण भुमिका खेल्नु पर्ने उनको भनाई छ ।

त्यस्तै जनपत्रकार संगठन केन्द्रिय अध्यक्ष शेरबहादुर बिकले आवाज बिहिनहरुको आवाज बोल्ने गरी जनपक्षिय पत्रकारीता गर्न पत्रकारहरुलाई आग्रह गरे । आफुहरुले अहिले देशैभरी संगठन बिस्तार गर्ने कार्यक्रम गरिरहेको र चितवनमा बनेको नयाँ टिमले देशभरि नै राम्रो सन्देश प्रवाह गर्ने उनकोे भनाई छ ।

नेकपा सचिवालय सदस्य महेस चौधरीले नेकपाले लिएको एजेण्डा आम मानिसको हितमा भएकाले पार्टीको योजना र नीति लाई आम मानिसमा प्रवाह गर्न जनपत्रकार संगठनले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा पार्टी जिल्ला सचिव मिन प्रसाद सापकोटा पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाश ज्ञावली, प्रेस चौतारी चितवनमा उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियनका उपाध्यक्ष सुर्य अधिकारी लगाएतले आफनो धारणा राखेका थिए । कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक सुर्य बरालको अध्यक्षतामा भएको हो ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:४५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology