Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नवलपुरमा सँगै होटलमा लिएर गएकी युवतीको मृत्यु भएपछि युवक फरार

नवलपुरमा सँगै होटलमा लिएर गएकी युवतीको मृत्यु भएपछि युवक फरार

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
नवलपुरमा सँगै होटलमा लिएर गएकी युवतीको मृत्यु भएपछि युवक फरार
images

चितवन, २३  साउन । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ को शाही प्यालेस होटलमा युवासँगै बसेकी युवतीको मृत्यु भएको छ । एउटै गाउँका मोटरसाइकलमा सँगै  आएर सो होटलमा बसेको अवस्थामा १७ वर्षीय युवतीको अचानक निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जनाए अनुसार रामग्राम नगरपालिका–१२ शान्ति टोल निवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी सोही ठाउँकी युवतीको अचानक निधन भएको हो । युवतीको मृत्युसँगै उनी फरार भएका छन् ।

घटनापछि प्रहरीले शुक्रबार होटल मालिक ४५ वर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ वर्षीय ब्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होण्डा साइन मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गिरीले भने, ‘ प्रहरीको अनुसन्धान जारी छ । पोष्मार्टम रिपोर्ट आएको छैन । युवायुवतीको बीचमा आपसमा सेक्सुयल रिलेसन पनि भएको हुनसक्छ । उनीहरु दुवै एटटै वडाका र घरपरिवारकाबीचमा आपसमा चिनजान भएका व्यक्तिहरु हुन् ।’

प्रहरीका अनुसार युवकले युवतीलाई शुक्रबार साँझ ६ बजे मोटरसाइकलमा होटल पु¥याएकोमा साढे ६ बजे अचानक बिरामी भएपछि अटोमा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पतालमा राति ८ बजे पु¥याएका थिए । अस्पतालमा पुग्ना साथ युवतीको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीलाई अत्यधिक रक्तश्राव भएपछि निधन भएको पाइएको प्रहरी नायव उपरीक्षक गिरीले जनाए । उनले भने, ‘ युवतीले पेट दुख्यो भनेको थियो भने केटा आत्तिएको थियो ।’ घटना शंकास्पद रहेकोले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १७:५६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology