Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमाले भित्र देखिएको विवाद तत्काल समाधान नहुने   

नेकपा एमाले भित्र देखिएको विवाद तत्काल समाधान नहुने   

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
नेकपा एमाले भित्र देखिएको विवाद तत्काल समाधान नहुने   
images

काठमाण्डौ, २३ साउन । नेकपा एमाले भित्र देखिएको विवाद तत्काल समाधान नहुने देखिएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भित्रै पार्टी एकता गरेर जाने वा विकल्पमा जाने भन्नेमा दुई धार देखिएको छ । हिजो र अस्ति दुई दिनसम्म चलेको नेपाल पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेलामा अब मिल्न नसकेको खण्डमा विकल्पमा जानुपर्ने बारेमा पनि धारणा आएको छ ।

तर बैठकमा नेता नेपालले भने जस्तोसुकै अवस्थामा पनि मिलेर अगाडी जानुपर्ने बारेमा जोड दिनुभएको बैठक पछि नेता रघुजी पन्तले जानकारी दिनुभयो । हिजोको वैठकले २७ असारमा भएको १० बुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताको आधार तयार गर्नुपर्ने निर्णय गरेको थियो ।

पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको बेलामा धवकुमार नेपाल लगायतका नेताहरु माथि अनेकौं लाञ्छना लगाउनु उचित नभएको भन्दै बैठकले दुःख समेत व्यक्त गरेको छ ।

बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका संगठनात्मक कामगर्नु एकतालाई भाँजो हाल्ने गतिविधी भन्दै यस्ता गतिविधि तत्काल रोक्न ओलीपक्षलाई आग्रह गरेको थियो । तर नेकपा एमालेका प्रवक्ता ओली पक्षिय नेता प्रदीप ज्ञवालीले भने नेपालपक्षका नेताहरुलाइ कुरेर पार्टीको काम नरोकिने बताउनुभएको छ ।

हिजो नेपाल समुहको बैठकपछि प्रवक्ता ज्ञवालीले यस्तो प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष ओली पक्षले विधान संसोधनबारे छलफल थालिसकेको छ । दुबै पक्ष आ–आफ्नै तरिकाले अगाडी बढ्न थालेपछि पार्टी भित्रको विवाद तत्काल नमिल्ने देखिएको नेताहरुले बताएका छन् । 

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १०:११:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology