Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रहरीको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरीको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

पत्रपत्रिका

२१, श्रावण २०७८
प्रहरीको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ
images

विराटनगर, २१ साउन । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले लिइरहेको प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन्। परीक्षामा सहभागी बनेका नक्कली परीक्षार्थीसहित ६ जनालाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

उपस्थित भएर अरूकै नाममा परीक्षा दिँदै गरेका र प्रहरीको जागिर खान नक्कली परीक्षार्थीको सहारा लिएका उनीहरुलाई बुधबार पक्राउ गरेर तालिम केन्द्रले आवश्यक कारबाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई रहेका छन्।

पक्राउ पर्नेमध्ये सूर्य राईले प्रहरी जवानमा भर्ना गराइदिने सर्तमा संगम र सागरसँग एक लाख १८ रूपैयाँका दरले तथा सरोजसँग दुई लाख रूपैयाँ लिएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीमा जागिर लगाईदिने भनेर पैसा असुलेका सूर्य आफै परीक्षार्थी बनेर अन्तरवार्तामा सहभागी भएको खुलेको छ।

उनले खपाङसँग भने पैसा लिन बाँकी रहेको पनि पाइएको छ। प्रहरीमा जागिर लगाइदिने र परीक्षार्थी तयार पार्ने काम राजकुमारले गरेको डीएसपी श्रेष्ठले बताए।

पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा कारबाही अघि बढाउन ५ दिनको म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा किशोर बुढाथोकीले लेखेका छन ।

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०८:००:५० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology