Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताब दर्ता  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताब दर्ता  

images

इच्छाकामना न्युज

१९, श्रावण २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताब दर्ता  
images

बुटवल, १९ साउन । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ ।  

विगतमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।  

प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको बताएका छन् ।

अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा विपक्षी गठबन्धनले प्रस्तावित मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम उल्लेख गरेका छन् । विपक्षी गठबन्धनले हिजो प्रदेश प्रमुख अमिक शेरचन समक्ष लिखित निवेदन पेस गरेको थियो ।  

यसैबीच, गठबन्धनले  प्रदेशसभाको विशेष अधिवेशनका लागि पनि  प्रदेश प्रमुख शेरचन समक्ष समावेदन गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:१२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology