Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखाको आरुघाट गाउँपालिकामा २१ गतेदेखि पठनपाठन सुरु हुने

गोरखाको आरुघाट गाउँपालिकामा २१ गतेदेखि पठनपाठन सुरु हुने

images

पत्रपत्रिका

१९, श्रावण २०७८
गोरखाको आरुघाट गाउँपालिकामा २१ गतेदेखि पठनपाठन सुरु हुने
images

आरुघाट, १९ साउन । गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा २१ गतेबाट पठनपाठन सुरु हुने भएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख पवित्रा शर्माले सबै विद्यालयलाई पत्राचार गर्दै स्थानीय वातावरण अनुसार उचित हुने विधीको प्रयोग गरेर पठन पाठन गराउन निर्देशन गरेकी हुन् ।

बैशाख १७ गते देखि बन्द भएको पठनपाठन साउन २० गते सम्मको वर्षे बिदा सकिएपछि नियमित सुचारु गर्न लागिएको उनले बताईन । वडा शिक्षा समिति र विद्यालय ब्यवस्थापन समिति सँग समन्वय गरेर विद्यालयहरुले बैकल्पिक विधी र कोभिडको अवस्था हेरी कार्ययोजनाका साथ शिक्षण सिकाई अगाडी बढाउन अनुरोध गरिएको छ ।

लामो समयदेखि विद्यालय बन्द हुँदा र विद्यार्थीको सिकाई रोकिएको भन्दै २१ गतेदेखि सबै शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन भनिएको छ । कोरोना त्रास नभएको र जोखिम कम भएको विद्यालयले भौतिक उपस्थितीमा पठाउने तयारी गरेका छन् ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०७:५९:४१ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology