Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुकुम्बासीहरुलाई लालपूर्जा प्रदान गर्न चितवनको खैरहनी नगरपालिकामा जग्गा नापजाँच सुरु

सुकुम्बासीहरुलाई लालपूर्जा प्रदान गर्न चितवनको खैरहनी नगरपालिकामा जग्गा नापजाँच सुरु

इच्छाकामना न्युज

१८, श्रावण २०७८
सुकुम्बासीहरुलाई लालपूर्जा प्रदान गर्न चितवनको खैरहनी नगरपालिकामा जग्गा नापजाँच सुरु
images

चितवन, १८ साउन । चितवनको खैरहनी नगरपालिकाले सुकुमबासीहरुलाई लालपूर्जा प्रदान गर्नका लागि आजबाट जग्गा नापजाँचको काम सुरुवात गरेको छ । खैरहनी वडा नम्बर १ को सुन्दरबस्तीबाट जग्गा नापजाँच सुरु गरिएको हो ।

images
images

भूमिसम्बन्धी समस्या समाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठक र खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले पिल्लर गाडेर नापजाँच प्रारम्भ गरेका हुन् । सुन्दरबस्तीमा ३५ घरधुरी सुकुमबासीहरुको बसोबास छ । जग्गा नापजाँचको सुभारम्भ गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका आयोगका जिल्ला अध्यक्ष यादव पाठकले आयोग विघटन भएको भन्ने हल्ला निराधार रहेको बताए ।

‘आयोग विघटन भयो भनेर गतल प्रचार गरिएको छ’ पाठकले भने , ‘आयोग विघटन नभएको र जिल्लामा लालपूर्जा वितरणसम्बन्धी काम भइरहेको छ ।’   जिल्ला अध्यक्ष पाठकले संविधान सम्बत बनेको आयोग विघटन गर्ने क्षमता कसैसँग नभएको भन्दै सुकुमवासी, भूमिहिन र दलित भूमिहिनले लालपूर्जा प्राप्त गर्ने बताए ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले नगरकार्यपालिकाको पहिलो बैठकले सुकुमवासीलाई लालपूर्जा प्रदान गर्ने निर्णय गरेको भन्दै त्यसको सुरुवात भएको बताए । नगर प्रमुख चौधरीले जग्गा नाप्ने क्रममा केही तलमाथि भए त्यसमा चित्त बुझाएर काममा सहयोग गर्न स्थानीयलाई आग्रह गरे । भूमिसम्बन्धी समस्या समाधान आयोग लागत संकलन इकाइ खैरहनीका संयोजक दामोदर अधिकारीका अनुसार तीन हजार २६२ जनाले लालपूर्जा प्राप्तीका लागि फारम भरेका छन् ।

भुमिहिन सुकुमबासी ८६५, भुमिहिन दलित १७१ र अव्यवस्थित बसोबासी दुई हजार २२८ घरधुरीले फारम भरेको अधिकारीले बताए । जग्गा नापजाँच शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया, आयोग जिल्ला सदस्य महादेवी खतिवडा, खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डे, वडा नम्बर १ का अध्यक्ष भूमिप्रसाद कँडेल,नेपाल बसोबास बस्ती संरक्षण समाज खैरहनीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । चितवनमा भूमिहीन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित गरी ३९ हजार ५९७ जनाले लालपूर्जाको माग गर्दै फारम भरेका थिए ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - २०:५४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology