Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सरकारमा जाने मन्त्रीको बारेमा टुङ्गो लगाउन आज पनि माओवादी केन्द्रको बैठक बस्दै 

सरकारमा जाने मन्त्रीको बारेमा टुङ्गो लगाउन आज पनि माओवादी केन्द्रको बैठक बस्दै 

सिआईएन

१८, श्रावण २०७८
सरकारमा जाने मन्त्रीको बारेमा टुङ्गो लगाउन आज पनि माओवादी केन्द्रको बैठक बस्दै 

काठमाण्डौ, १८ साउन । सरकारमा जाने व्यक्तिहरूको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल गरी निर्णय लिइने नेता गिरिराजमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।

images

उहाँका अनुसार सम्भवतः आज सरकारमा जाने मन्त्रीको नामावली प्रधानमन्त्री देउवालाई बुझाइने छ । नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने बारेमा खासै विवाद नरहेको माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् ।

केही दिनअघि पार्टी अध्यक्ष प्रचण्डले सरकारमा जानका लागि सबै सांसदले आकाङ्क्षा देखाएका कारण मन्त्रीको बारेमा निर्णय लिन आफूलाई समस्या भएको बताउनुभएको थियो । देउवा नेतृत्वको वर्तमान सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसक्नुभएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०९:०१:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology