Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई गुरुङ राष्ट्रिय परिषद् चितवनले गर्‍यो स्वागत र सम्मान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई गुरुङ राष्ट्रिय परिषद् चितवनले गर्‍यो स्वागत र सम्मान

images

इच्छाकामना न्युज

१७, श्रावण २०७८
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई गुरुङ राष्ट्रिय परिषद् चितवनले गर्‍यो स्वागत र सम्मान
images

चितवन, १७ साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई तमू ह्युल छोँज धीँ, गुरुङ राष्ट्रिय परिषद चितवनले स्वागत तथा सम्मान गरेको छ । परिषदले गरेको सम्मान कार्यक्रममा प्रमुख गुरुङले सिद्धान्तमा आधारित रहेर काम गर्ने बताए । उनले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने पनि स्पष्ट पारे। आफू नेपाली कांग्रेसको प्रतिनिधि भए पनि अब जनताको प्रतिनिधि भएकोले एउटा मात्रै पार्टीको प्रतिनिधि नरहेको उनको भनाइ छ।

227853918_997478941010475_7806972153027694177_n.jpg

उनले राजनीतिक दलहरुलाई जातीयताको नाममा राजनीति नगर्न पनि सुझाव दिएका छन्। देशमा एउटा मात्रै जातिको मुद्धालाई लिएर राजनीति गर्दा अर्को जाति समस्यामा पर्न सक्ने कुरालाई दृष्टिगत गर्दै कुनै पनि दल या नेताले जातीयतालाई राजनीतिको थलो बनाउन नहुने उनले बताए। जनताको प्रतिनिधि भएपछि जनताकै चाहनाअनुसारको काम गर्नुपर्ने प्रदेश प्रमुख गुरुङको भनाइ छ।

229617055_997479414343761_6812742469117200930_n.jpg

गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएपछि गृहजिल्ला चितवन आएका गुरुङलाई स्वागत तथा सम्मान गरिएको ह्युल छोँज धीँ चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिए। नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङले ५५ वर्षदेखिको संघर्षलाई बल्ल सरकारले देखेको बताए। गुरुङ समुदायबाट राजनीति गर्नेहरु आर्थिक, शैक्षिक हिसाबले सक्षम भएर पनि हालसम्म नपाएको अवसर अहिले पाएको उनको भनाइ छ।

227816261_997479077677128_4735142088800318378_n.jpg

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - २१:०६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology