Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको खैरहनीमा सुजिताको शव भेटेकै जंगलमा फेरी एक व्यक्तिले गरे आत्महत्या

चितवनको खैरहनीमा सुजिताको शव भेटेकै जंगलमा फेरी एक व्यक्तिले गरे आत्महत्या

इच्छाकामना न्युज

१७, श्रावण २०७८
चितवनको खैरहनीमा सुजिताको शव भेटेकै जंगलमा फेरी एक व्यक्तिले गरे आत्महत्या
images

चितवन, १७ साउन । पूर्वी चितवनको राप्ती नगरपालिकामा फेरी एक पुरुषले आत्महत्या गरेका छन् । राप्तीको वडा नम्बर ३ का ७६ वर्षीय इन्द्र प्रसाद दुलालले झुन्डिएर आत्महत्या गरेका हुन् । मानसिक सन्तुलन अलि ठिक नभएकोले उनले आत्महत्या गरेको हुन सक्ने डडुवा प्रहरी चौकीका प्रमुख राजिब गिरीले बताएका छन् ।

images
images

शनिबारदेखी घरबाट निस्केका दुलालको घरनजिकैको ब्रम्हास्थानी सामुदायिक वन क्षेत्रमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । घाँस काट्न गएका महिलाको समुहले दुलालको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । दुलाल केही महिनादेखी जेठो छोराबुहारी संगै बस्दै आएका थिए ।

उनले बिरामीको औषधी पनि खाँदै गरेको परिवारको सदस्यले जानकारी दिएको गिरीले बताएका छन् । दुलालको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही महिनाअघि नै उक्त वनमा सुजिता भण्डारीको मृत अवस्थामा शव फेला परेको थियो । भण्डारीले पनि आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा देखाईएको छ । आफ्नै ठुलोबाबुको छोरासंग भएको प्रेम सम्बन्धलाई परिवारले स्विकार गर्न नसक्दा भण्डारीले आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा खुल्न आएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - २१:०१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology