Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अवैध लागु औषधसहित भरतपुरबाट सोनु तामाङ पक्राउ

अवैध लागु औषधसहित भरतपुरबाट सोनु तामाङ पक्राउ

images

इच्छाकामना न्युज

१७, श्रावण २०७८
अवैध लागु औषधसहित भरतपुरबाट सोनु तामाङ पक्राउ
images

भरतपुर, १७  साउन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा लागु औषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर ११ की सानु तामाङ रहेकी छन् । प्रहरीले तामाङलाई लागु औषध खरिदविक्रि गरेको सुचनाको आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले तामाङलाई खोजतलास गरेका थिए । तामाङको शरीर तथा घर कोठामा रितपुर्वक खानतलासी गर्दा उनले लगाएको सुरुवालको बाँया खल्तीबाट प्रहरीले लागु औषध फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तामाङको खल्तीबाट डाईजेपाम ९ एम्पुल, ९ एम्पुल, फेनरागन ब्युप्रिनोर्फिन ९ एम्पुल फेला पारेको थियो भने तामाङको दराजमा जुत्ताभित्र लुकाएर राखेको अवस्थामा १८ एम्पुल लागुऔषध फेला पारेको थियो ।

तामाङलाई चितवनको प्रहरी हिरासतमा राखिएको छ । उनलाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - २०:५९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology