Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जसपा र माओवादी केन्द्रले मन्त्रीको सूची दिएपछि आजै मन्त्रिपरिषद् बिस्तारको तयारी 

जसपा र माओवादी केन्द्रले मन्त्रीको सूची दिएपछि आजै मन्त्रिपरिषद् बिस्तारको तयारी 

images

इच्छाकामना न्युज

१७, श्रावण २०७८
जसपा र माओवादी केन्द्रले मन्त्रीको सूची दिएपछि आजै मन्त्रिपरिषद् बिस्तारको तयारी 
images

काठमाण्डौ, १७ साउन । प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्रीको रहेको उहाँको निजी सचिवालय स्रोतले जनाएको छ ।

सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ । 

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०९:२८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology