Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न

युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न

images

इच्छाकामना न्युज

१४, श्रावण २०७८
युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न
images

काठमाण्डौ, १४ साउन । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजना गरेको एशिया प्रसान्त नेतृत्व र थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ । यहि साउन १३ र १४ गते अर्थात २०२१ को जुलाइ महिनाको २८ र २९का दिन भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा  बिभिन्न दृष्टिकोणहरुमा  एशिया प्यासफिक क्षेत्रका बिज्ञहरुले जोड दिएका छन् ।  

सम्मेलनमा लागि तीन दर्जन भन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले  सहभागीता रहेको छ भने  ४० भन्दा जना वक्ताहरुले दूई कोरियाबीचको पुनमिलनको सम्भाब्यताबारे बोलेका थिए । सम्मेलनमा राष्ट्रका पूर्व राष्ट्र प्रमुख ,संसद, कुटनितिक विज्ञहरूले सम्बोधन गदै कोरिया पुनमिलनको बारेमा एक्यबद्धता प्रकट गरे । सन २००५ मा. डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन (जो अहिले विश्व शान्ति अभियानको नेतृत्व गरिरहनु भएको छ ।

ilc Eknath.png

सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले यदि दुई कोरियाबीच पुनर्मिलन एक मात्र तरिका हो जुन पृथक परिवारका पीडित हृदयहरूलाई निको पार्छ । कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन  पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पु¥याउँछ ।  उपराष्ट्रपति झाले एक शान्त र एकीकृत कोरिया जुन युद्धको डरबाट मुक्त हुनेछ जो उत्तरपूर्वी एसियामा आर्थिक विकासको लागि उत्प्रेरक बन्ने दाबी गदै दुबै कोरियाको एउटै धर्म, समानभाषा, समान संस्कृति र समान परम्परा रहेको बताउनु भयो ।

पूर्वमन्त्री हिसीला यमीले नेपालको शान्ति प्रकृयाको बारेमा चर्चा गदै विश्वलाई एकताबद्ध गर्ने उपयुक्त माध्यमनै बार्ता र छलफल भएको बताईन ।  उनले दुई कोरियालीहरु बीचको प्रगति मध्यस्थतामा कुरा गर्न रसिया र चाइनाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताईन ।  

lLc UPrastapati.png

सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालिहरु सदैव शान्तिको पक्षमा उभिने बताए ।  

लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि गरेका थिए  । सम्मेलनमा एशिया प्यासफिक क्षेत्रका लाखौ मानिसहरुले सामाजिक सञ्जाल मार्फत कार्यक्रममा भाग लिएका थिए ।

 

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १५:५७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology