Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा २४ गतेसम्म थपियो निषेधाज्ञा, एउटा कोठामा २५ जना परीक्षार्थी राखेर परीक्षा संचालन गर्न पाईने

चितवनमा २४ गतेसम्म थपियो निषेधाज्ञा, एउटा कोठामा २५ जना परीक्षार्थी राखेर परीक्षा संचालन गर्न पाईने

images

इच्छाकामना न्युज

१४, श्रावण २०७८
चितवनमा २४ गतेसम्म थपियो निषेधाज्ञा, एउटा कोठामा २५ जना परीक्षार्थी राखेर परीक्षा संचालन गर्न पाईने
images

चितवन, १४  साउन । चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो ।

पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बताईएको छ । प्रशासनले कक्षा ११ तथा १२ लगायत निर्धारित अन्य परीक्षा संचालन गर्दा एउटा कोठामा २५ जना भन्दा बढी राख्न नपाईने र एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राखेर परीक्षा संचालन गर्नुपर्ने बताईएको छ ।

भौतिक दुरी कायम गरी परीक्षा व्यवस्था गर्नुपर्ने प्रशासनले आदेश गरेको छ । त्यस्तै चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको छ । संचालनको लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस एवं ट्राफिक प्रहरी कार्यालयको समन्वय हुनुपर्ने प्रशासनले आदेश दिएको छ ।

No photo description available.

No photo description available.

No photo description available.

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १५:५१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology