Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चरणको अभाव हुँदा जंगलमा भेडिगोठ बनाउनुपर्ने बाध्यता 

चरणको अभाव हुँदा जंगलमा भेडिगोठ बनाउनुपर्ने बाध्यता 

images

सिआईएन

१३, श्रावण २०७८
चरणको अभाव हुँदा जंगलमा भेडिगोठ बनाउनुपर्ने बाध्यता 
images

गीता गौतम, प्यूठान, १३ साउन । तीन तहका सरकारले कृषिमा आधुनिक प्रविधि र प्रयोगको योजना ल्याएको छन् तर मुलुकका कतिपय जिल्लामा अझै परम्परागत रुपमा नै कृषिका काम भइरहेका छन् । प्यूठानको उत्तरी क्षेत्रमा अहिलेसम्म पनि जगंलमै गोठ बनाएर पशुपालन भइरहेको छ ।

यसबाट किसानको जिविका चले पनि व्यवसायिक लाभ हुन भने सकेको छैन ।प्यूठानको गौमुखी गाउँपालिका रजवारका भविराम घर्तिमगरले ९८ वटा भेडा पाल्नुभएको  छ । महिना र मौसम अनुसार बिभिन्न स्थानमा भेडीगोठ बनाउने र सर्ने उहाँको नियमित जस्तै छ ।

गाउँमा ठूलो संख्यामा भेडा चराउने ठाउँ नहुँदा जगंलमै गोठ बनाएर पाल्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । उहाँ मात्रै होइन उत्तरी प्यूठानका स्यालीवाङ्ग, रजवारा,अर्खाका स्थानीय यसैगरी घरदेखि टाढा गोठ बनाएर पशुपालन गर्छन् ।

चिसो बढीहुने भएपछि बेशीतिर भेडीगोठ बनाउने  गरेको रजवाराका स्थानीय केदारसिंह सेन बताउनुभयो । जंगलमा गोठमा रहने भेडाहरूको सुरक्षाका लागि किसानले कुकुर पनि पाल्ने गर्छन् । त्यस्ता किसानलाई समेटेर पशुपालनको योजना हालसम्म बनाइएको छैन ।

अब भने उनीहरूलाई १५ लाखसम्म अनुदान दिने तयारी भइरहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले बताउनुभयो । चरणक्षेत्रको अभावमा प्यूठान जिल्लामा जङ्गलमा गोठ बनाएर भेडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या  ३ सय १५ रहेको अनुमान गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा सरकारले सेवा सुविधा, अनुदानको व्यवस्था गरे पनि वास्तविक किसानले भने जानकारी नपाउने समस्या यहाँ देखिन्छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०९:२३:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology