Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

यो कस्तो संयोगः चितवन दिव्यनगरका छिमेकी दुई नेता गुरुङ र शेरचन बने गण्डकी र लुम्बिनीको प्रदेश प्रमुख

यो कस्तो संयोगः चितवन दिव्यनगरका छिमेकी दुई नेता गुरुङ र शेरचन बने गण्डकी र लुम्बिनीको प्रदेश प्रमुख

इच्छाकामना न्युज

१२, श्रावण २०७८
यो कस्तो संयोगः चितवन दिव्यनगरका छिमेकी दुई नेता गुरुङ र शेरचन बने गण्डकी र लुम्बिनीको प्रदेश प्रमुख

मधुसूदन दवाडी, चितवन, १२ साउन । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई छिमेकी नेता अमिक शेरचन र पृथ्वीमान गुरुङ दुई प्रदेशका प्रमुख बनेका छन् ।

images

सरकारले चितवनका माओवादी केन्द्रका नेता अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख र कांग्रेसका नेता पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेशको प्रमुख बनाएको हो । संयोग कस्तो परेको छ भने दुवै नेताको घरसँगै रहेको छ भने आपसमा छिमेकी पनि हुन् । उनीहरु दुवैले २०४८ सालको संसदीय निर्वाचनसँगै लडे । शेरचनले जिते र गुरुङ पराजित भए तर संयोग अहिले कांग्रेस र माओवादी गठबन्धनमा दुवै एकसाथ प्रदेश प्रमुख निर्वाचित भए ।

शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख भएका थिए । केपी ओली नेतृत्वको सरकारले केही समय पहिला उनलाई हटाउँदै चितवनकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

म्याग्दीमा जन्मिएका अमिक शेरचनले युवा अवस्थादेखिनै चितवनलाई आफ्नो राजनीतिक थलो बनाए । मोहनविक्रम सिंह र निर्मल लामासँगै उनी कम्युनिस्टको चौमका संस्थापक हुन् । पछि पार्टी विभाजनसँगै लामा पक्षमा लागे । २०४८ सालमा एकताकेन्द्रबाट निर्वाचित ९ सांसदमा चितवनबाट शेरचन विजयी भएका थिए । २०२५ सालदेखि शेरचनसँग संगत गर्दै आएका साहित्यकार ईन्द्र रेग्मीले उनलाई एउटा सरल र स्वच्छ छविका नेताको रुपमा स्मरण गरे ।

त्यस्तै गण्डकी प्रदेशको प्रमुख बनेका नेता गुरुङ नेपाली कांग्रेस चितवनको पूर्वजिल्ला सभापति तथा अहिले कांग्रेसको केन्द्रीय सल्लाहकार हुन् । उनले २०६२ देखि २०६६ सालसम्म चितवन कांग्रेसको नेतृत्व लिएको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । २०३६ सालको जनमत संग्रहताका पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन पेसा छाडेर उनी राजनीतिमा होमिएको सभापति श्रेष्ठले बताए ।

गुरुङले विज्ञानमा एमएस्सी गरेकोले पनि पार्टीभित्र एक विद्धान र परिपक्क नेताको रुपमा उनले परिचय बनाएका छन् । चितवनको एकै ठाउँको दुई नेताले सँगै दुई प्रदेशको प्रमुख पाउनु एउटा संयोग नै मान्नुपर्छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २१:३५:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology