Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँ प्रहरीद्वारा लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

तनहुँ प्रहरीद्वारा लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

images

इच्छाकामना न्युज

११, श्रावण २०७८
तनहुँ प्रहरीद्वारा लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ
images

तनहुँ, ११ साउन । लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालत तनहुँबाट कैद तोकिएकी एक महिला पक्राउ परेकी छन् । बन्दिपुर गाउँपालिका-१ नयाँबस्ती बस्ने २३ वर्षीया प्रतिमा सहनी भन्ने प्रतिमा विश्वकर्मालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालतले विसं २०७६ वैशाख २ गते निज विरुद्ध दश महिना १९ दिन कैद र रु सात हजार जरीवानाको फैसला सुनाएको थियो । सोही दिनदेखि फरार उनलाई दुई वर्षपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आजै अदालत दाखिला गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - ०८:५७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology