Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखामा हिजोदेखि अवरुद्ध विद्युत् सूचारुको लागि विकल्प खोजिदै, विद्युत् अवरुद्ध हुदाँ जिल्लाबाट संचालित सम्पूर्ण संचारमाध्यम बन्द

गोरखामा हिजोदेखि अवरुद्ध विद्युत् सूचारुको लागि विकल्प खोजिदै, विद्युत् अवरुद्ध हुदाँ जिल्लाबाट संचालित सम्पूर्ण संचारमाध्यम बन्द

images

इच्छाकामना न्युज

१०, श्रावण २०७८
गोरखामा हिजोदेखि अवरुद्ध विद्युत् सूचारुको लागि विकल्प खोजिदै, विद्युत् अवरुद्ध हुदाँ जिल्लाबाट संचालित सम्पूर्ण संचारमाध्यम बन्द
images

गोरखा १०, साउन । गोरखा सदरमुका सहित जिल्लाका त्रिभिन्न क्षेत्रमा शनिबार बिहानदेखि अबरुद्ध बिद्युत सूचारु गर्न नयाँ बिकल्पको खोजी गरिएको छ । गोरखा बितरण केन्द्रमा रहेको मुख्य ट्रान्सर्फमरमा बिग्रिए संगै ११ केभिएको लाईन सञ्चालनको तयारी थालिएको कार्यालयका प्रमुख नेत्रमणी न्यौपानले जानकारी दिनुभयो ।

शनिबार बिहान अकस्मात केन्द्रमा रहेको ६/८ को ट्रान्सर्फरमा समस्या आएपछि नयाँ मेशिन नराख्दा सम्मकोलागि तनहुँको आँबुखैरेनी देखी गोरखा सदरमुकाम सम्म रहेका प्रशारण केन्द्रमा ११ केभिएको लाईन सञ्चालन गरी बिद्युत सुचारु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । बिद्युत अबरुद्ध भएपछि सदरमुकाम र वरपर बिद्युत अबरुद्व भए संगै गोरखा बजार र आसपासका क्षेत्रमा पानी, ईन्टरनेट, रेडियो, पत्रपत्रिका तथा मोबाईल नेटर्वकमा समस्या देखिन थालेको छ ।

सदरमुकामबाट सञ्चालित रेडियो गोरखा, च्वाईस एफएम, रेडियो मनास्लु र रेडियो मातृभूमीको प्रशारण बन्द भएको छ भने दरौदी, सुरुवात र गोरखा समाचार दैनिक पत्रिका प्रकाशन बन्द भएको छ ।  त्यस्तै गरी गोरखा बजार तथा आसपासमा लिफ्टीङ प्रविधीमा आधारीत सबै खानेपानी सेवा प्रभावित भएको छ । यता गोरखा बजार क्षेत्रमा रहेको प्राय सबै मोबाईल नेटर्वक कमजोर देखिन थालेको छ ।

आज आइतबार भएको कारण बिद्युत सुचारु हुन नसकेको खण्डमा सरकारी काम लिएर आउने सबै जना प्रभावित हुने निश्चित छ । तनहुँको आँबुखैरेनी देखी गोरखा सदरमुकाम सम्म आएको ३३ केभिए लाईनलाई आँबुखैरेनीकै सव स्टेशनमा ११ केभिएमा परिवर्तन गर्न प्राविधिकहरु बिहानै देखी काममा लागेको पनि गोरखा प्रशारण केन्द्रका प्रमुख न्यौपानले बताउनुभयो ।

न्यौपानेका अनुसार गोरखा सदरमुकाममा रहेको प्रशारण केन्द्र र तनहुँको आँबुखैरेनीमा रहेको सव स्टेशनमा प्राविधीकहरुले ३३ केभिएको लाईनलाई ११ केभिएमा परिवर्तन गरिरहेको र काम सफल भएको खण्डमा बिहान ११ बजे सम्म गोरखा सदरमुकाममा लाइन सञ्चालन हुने छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ११:३२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology