Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्मला पन्तको हत्याकाण्डः ३ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन

निर्मला पन्तको हत्याकाण्डः ३ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन

इच्छाकामना न्युज

१०, श्रावण २०७८
निर्मला पन्तको हत्याकाण्डः ३ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन
images

कञ्चनपुर १०, साउन ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ । यसबीचमा हत्याको अनुसन्धानका लागि बिभिन्न समिति गठनदेखि दवाव दिइए पनि सत्यतथ्य खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।

images
images

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताउनुभयो । उहाँका अनुसार अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् । अनुसन्धानका क्रममा ६ सयजनालाई लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ भने करिब एक सयजनाको डीएनए परीक्षण भएको छ ।

 

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ११:२८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology