Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपाल रेडक्रस समाज तनहुँवाट कोभिड कार्यक्रम सार्वजनिक

नेपाल रेडक्रस समाज तनहुँवाट कोभिड कार्यक्रम सार्वजनिक

images

इच्छाकामना न्युज

८, श्रावण २०७८
नेपाल रेडक्रस समाज तनहुँवाट कोभिड कार्यक्रम सार्वजनिक
images

तनहुँ, ८ साउन । नेपाल रेडक्रस समाज तनहुँद्धारा कोरोना अवधिमा भएको कार्यक्रमको प्रतिवेदन पेश गरेको  छ । तनहुँ शाखाको सभापति कृष्णहरि वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोभिडको अवधिमा रेडक्रसले समाजिक उत्तरदायित्व सम्वन्धि गरेको कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको हो । 

२०२७ सालमा स्थापित रेडक्रस तनहुँले सेवा मुलक र विकास सम्वन्धि कार्य गर्दे आएको छ । यस कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले संगठन विकास, विपद व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह, यसको सिद्धान्तको वारेमा विभिन्न कार्यक्रम गरेको छ । 

सोही कार्यक्रम अन्र्तगत तनहुँमा कोरोना रोकथामको उपायहरु एफ एम लगायत मिडियामा जनचेतना फैलाउने, उपशाखाहरु देवघाट, कोटदरवार र दुम्सीकोटको एम्वुलेन्सका लागी रेगुलेटर सहितको सिलिण्डर वितरण, २८ वटा उपशाखाहरुमा मास्क, सेनिटाईजर लगायतको स्वास्थ्य समाग्री वितरण, स्वंयसेवक परिचालन, खोप लगाउनका लागी प्रेरित गर्ने, वन्दिपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सेल्टर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको शाखाले जनाएको छ । 

यसैगरि शाखाले सोही अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई २००० थान नर्मल मास्क र ७२ थान सेनिटाईटर संस्थाका अध्यक्ष उज्जल पौडेललाई हस्तान्तरण गरेको छ ।

सो स्वास्थ्य समाग्री वुझदै संस्थाका अध्यक्ष उज्जल पौडेलले रेडक्रसले गरेको समाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रमले जनतामा राहत भएको वताउनुभयो । कार्यक्रममा शाखाका मन्त्री चिनु पोख्रेलले भविश्यमा पनि विभिन्न कोभिड रोकथामका लागी विभिन्न कार्यक्रम र सहयोग गर्ने वताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - २१:५१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology