Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विमलेन्द्र निधिको स्वागतमा सवारी साधनको लस्करले राजमार्ग नै अवरुद्ध

विमलेन्द्र निधिको स्वागतमा सवारी साधनको लस्करले राजमार्ग नै अवरुद्ध

images

इच्छाकामना न्युज

७, श्रावण २०७८
विमलेन्द्र निधिको स्वागतमा सवारी साधनको लस्करले राजमार्ग नै अवरुद्ध
images

जनकपुरधाम, ७ साउन । पार्टीले संघीय सरकारको नेतृत्व गरेपछि महोत्तरी आएका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको स्वागतमा सयौं सवारीसाधन लस्कर लागेका छन् । निधिको स्वागतमा ‘फिल्मको झल्को दिने गरी’ स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका हुन् ।

उपसभापति निधिलाई स्वागत गर्न सयौं सवारीसाधन लिएर कार्यकर्ता बर्दिबास पुगेका थिए । मोटरसाइकल र चारपाङ्ग्रे सवारीको लावालस्करले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध बनेको थियो । उनको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएयता उनी काठमाडौंबाट जनकपुरको यात्रामा आउँदा यस्तो भव्य स्वागत भएको थिएन । उनलाई स्वागत गर्न कांग्रेसबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव पनि पुगेका थिए ।

 

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - २१:५३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology