Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्वोच्चको फैसलाले मुलुक निर्दलयीतातर्फ गयोः पूर्वमन्त्री गुरुङ 

सर्वोच्चको फैसलाले मुलुक निर्दलयीतातर्फ गयोः पूर्वमन्त्री गुरुङ 

बि.बि. श्रेष्ठ

७, श्रावण २०७८
सर्वोच्चको फैसलाले मुलुक निर्दलयीतातर्फ गयोः पूर्वमन्त्री गुरुङ 
images

तनहुँ, ७ साउन । नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका पुर्व आर्थिक मन्त्री किरण गुरुङ्गले सर्वोच्चको फैसलाले मुलुक निर्दलियतातर्फ गएको वताउनुभयो । संविधानको धारा ७६ को ५ मा टेकेर सर्वोच्चले दलिय व्यवस्थाको धज्जि उडाएको वताउनुभयो । पार्टीभित्रको आन्तरिक समस्यामा सर्वोच्चले अनावश्यक हस्तक्षेप गरेर आफनो विश्वासनियता समेत गुमाएको वताउनुभयो । सर्वोच्च नै पक्ष विपक्षमा लाग्दा स्वतन्त्र न्यापालिकाको गरिमामा नै प्रश्न चिन्ह खडा भएको वताउनुभयो । 

images
images

नेपाल कम्युनिष्ट पार्टीका सस्थापक नेता क. पुष्पलालको ४३ औ स्मृर्ति दिवशको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल तनहुँको आयोजनामा आयोजित वैठक तथा अन्र्तक्रिया कार्यक्रममा वहाँले सो कुरा वताउनुभयो । पार्टी भित्र वैचारिक वहस हुनुपर्नेमा अवसरवाद हावी भएको हुदाँ वैचारिक संगठन निर्माण गर्नुपर्ने वहाँले वताउनुभयो । पार्टी निर्णय विरुद्ध गरिएको क्रियाकलापलाई अव नगर्ने शर्तमा आत्माआलोचना गरेर आएमा पार्टीले माफी दिन पनि वहाँले वताउनुभयो । 

राष्ट्रिय युवा संघ तनहुँका संयोजक उज्जल खनाल को अध्यक्षतामा भएको  सो विचार अन्र्तक्रिया कार्यक्रममा गण्डकी प्रदेश सदस्य राम वहादुर गुरुङ्गले पार्टीमा अराजकता मौलाएको वताए । जनताको मतलाई कुल्चने माननीयहरुले लोकतन्त्रको नाममा गम्भिर गल्ति गरेको छ । यो अक्षम्य अपराध हो । जसलाई स्वीकार गर्न सकिदैन, प्रदेश सासंद  गुरुङ्गले वताए । 

त्यसैगरि सोही अवसरमा नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीमा वैचारिक विचलन आएको वताउनुभयो । जनादेशलाई परामादेशले विस्थापित गरेको छ । अदालतको यो निर्णय विरुद्ध जनतालाई पार्टीले सुसुचित गराउनुपर्दछ । सासंदको भुमिकाले आम जनतालाई नैराश्यता वनाएको हुदाँ त्यसलाई चिरेर वैचारिक संगठन निर्माण गर्नुपर्दछ, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो  ।

राष्ट्रिय युवा संघका केन्द्रिय सचिव महेन्द्र गुरुङ्गको उपस्थितीमा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला संयोजक उज्जल खनालले युवा संघ पार्टीको निर्णय शिरोधार्य गर्दे अगाडी वढ्ने वताउनुभयो । जिल्ला उपसंयोजक सुरेन्द्र अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
 

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - २१:४३:४३ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology