Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँका सिमान्तकृत बोटे समुदायलाई काठमाडौंको निडाद्धारा खाद्यान्न सहयोग

तनहुँका सिमान्तकृत बोटे समुदायलाई काठमाडौंको निडाद्धारा खाद्यान्न सहयोग

images

इच्छाकामना न्युज

७, श्रावण २०७८
तनहुँका सिमान्तकृत बोटे समुदायलाई काठमाडौंको निडाद्धारा खाद्यान्न सहयोग
images

अमरराज नहर्की, तनहुँ, ७ साउन । तनहुँका सिमान्तकृत बोटे समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । काठमाडौंस्थित राष्ट्रिय एकिकृत विकास सङ्घ (निडा)को सहयोग तथा एलायन्स क्लब अफ तनहुँको व्यवस्थापनमा सहयोग गरिएको हो ।

व्यास नगरपालिका–१० बोटेगाउँका १५ जना अपाङ्ग सहितका ६५ घर परिवारलाई घरमै पुगेको सहयोग प्रदान गरिएको थियो । खाद्यान्न सहयोग पाएपछि बोटे समदुाय खुसी भएका छन् ।

नदी तथा खोलामा अबिरल वर्षाले बाढी आइरहेकोले माछा मार्ने तथा बालुवामा सुन खोज्ने बोटे समुदायको पूख्र्यौली पेशा प्रभावित भएकोले उक्त वडाको सिफारिसको आधारमा खाद्यान्न सहयोग गरिएको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो ।

खाद्यान्नको एक कार्यक्रमका बीच प्रमुख अतिथि व्यास नगरपालिकाका १० का वडाध्यक्ष तुलसीराम सापकोेटा, निडाकी प्रतिनिधी सोममाया गुरुङ, एलायन्स क्लब अफ तनहुँका अध्यक्ष सुदीप पौडेले सयुक्त रुपमा वितरण गर्नु भएको थियो  । 

सो अवसरमा वडाध्यक्ष तुलसीराम पाण्डेले बोट जातिको पूख्र्यौली पेशाको संरक्षण गर्न वडा कार्यालय मादीनदीमा २० लाख माछाका भुरा छाड्ने, अनधिकृत रुपमा नदीमा करेन्ट लगाउने, बम हान्ने जस्ता कार्य प्रतिबन्ध लगाईने योजना रहेको जानकारी दिनुभयो । साथै वडाध्य सापकोटाले बोटे समुदायलाई दुध विक्री गरी आयआर्जन गर्नको लागि चाँडै नै उन्नत जातको गाईको बाच्छी प्रदान गरिने जानकारी दिनुभयो ।

एलायन्स क्लबमा आवद्ध युवाहरुले अपाङ्गता, पछाडी परेको समुदायलाई खाद्यान्न तथा शैक्षिक सामग्री  सहयोग गर्ने, धार्मिक स्थलहरुको सरफाई गर्ने, जन्मदिनको उपलक्ष्यमा फजुल खर्च कटाएर अनाथ बालबालिका सहयोग गर्ने, गौ संरक्षण केन्द्रमा रहेका गाईलाई दाना खुवाउने जस्ता समाजिक कार्य गर्दै आईरहेको छ । 

स्थानीय वासिन्दा नेपाल रेडक्रस सोसाईटी दुम्सीचौर उपशाखाका सचिव श्रीकृष्ण आचार्य वडाध्यक्ष सापकोटा मार्फत बोटे जातिको परेको समस्याको बारेमा नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई जानकारी गराएका थिए ।

पत्रकार नहर्कीले निडाका अध्यक्ष काकीलाई समन्वय गर्नु भएको थियो । सोही अवसरमा एलायन्स क्लब अफ दमौलीका कोषाध्यक्ष तथा युवा व्यवसायी अजित पन्थले आफ्नो जन्मदिनको उपलक्ष्यमा सोही ठाउँ स्थित उज्यालो घरलाई खाद्यान्न सहयोग गरी जन्मदिन मनाएका थिए ।

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - २१:२८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology