Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नेपाल पक्षको स्थायी कमिटी बैठक 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नेपाल पक्षको स्थायी कमिटी बैठक 

images

इच्छाकामना न्युज

६, श्रावण २०७८
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नेपाल पक्षको स्थायी कमिटी बैठक 
images

काठमाण्डौ, ६ साउन । नेकपा एमालेको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। यसअघि दुईसम्म चलेको बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझाव अनुमोदन गरेको छ।पहिलो दिनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि हालसम्म पत्र भने पठाइएको छैन। आन्तरिक छलफल तथा कारबाहीपछि पार्टीभित्र पर्ने असरको समीक्षापछि मात्र पत्र पठाइने र कारबाही गरिने एकजना नेताले सीआईएनलाई जानकारी दिनुभयो । हिजोको बैठकमा प्रदेश संयोजकहरुले पार्टीको अवस्था तथा कारबाहीले पार्ने असरबारे आफ्नो धारणा राखेका थिए।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग हिजो छलफल गर्नुभएका माधव नेपालले आजका लागि आफूपक्षीय स्थायी कमिटी बैठक बोलाउनु भएको हो । 

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०८:५४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology