Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

संघीय राजनीतिको असर प्रदेश सरकारमा 

संघीय राजनीतिको असर प्रदेश सरकारमा 

images

इच्छाकामना न्युज

६, श्रावण २०७८
संघीय राजनीतिको असर प्रदेश सरकारमा 
images

काठमाण्डौ, ६ साउन । केन्द्र सरकार परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि त्यसको असर देखिएको छ । प्रदेशमा नेकपा एमाले नेतृत्वमा रहेको सरकार टिकाउन समस्या हुने देखिएको छ । बिशेष गरि बाग्मती प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सत्ता समिकरण फेरिने संकेत देखिएको छ ।

बाग्मतीका मुख्यमन्त्री डोरमणी पौडेलले यस बारेमा छलफल थालिसक्नु भएको छ । सत्ता पक्षका सांसदहरुले पनि अब आफ्नै नेतृत्वमा सरकार बनाउने गरि पहल सुरु गरेका छन् । लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ मा पनि सत्ता पक्षका सांसदहरुको छलफल सुरु भएको छ ।

अन्य प्रदेशमा भने तत्काल सरकार परिवर्तन हुने संभावना कम छ । केन्द्रमा आगामी चुनाबसम्मको लागि सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाको लागि पनि उत्तिकै चुनौति रहेको छ ।

आक्रामक रहेको प्रतिपक्षि दल नेकपा एमालेको सामना, प्रधानमन्त्री बन्नको साथ दिएका माओवादी, एमाले भित्रकै एक धारलाई चित्त बुझाउनु र जनता समाजवादी पार्टी जसपाले गरेको माग सम्बोधन गर्ने बिषय प्रधानमन्त्री देउवाको लागि चुनौतिपूर्ण रहेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण देखि राजनितिक सम्मका विषय चुनौतीपूर्ण रहेको विश्लेषकहरुको भनाइ छ । सीआईएनसँग कुरा गर्दै राजनितिक विश्लेषक जैनेन्द्र जीवनले संसद बचाउन सके पनि राजनितिक दलहरु सत्ता स्वार्थ भन्दा माथि उठ्न नसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई  आगामी यात्रा सहज भने नभएको बताउनुभयो ।  

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०८:५२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology