Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राष्ट्रिय युवा संघ देवघाट कमिटिद्वारा वृक्षारोपण

राष्ट्रिय युवा संघ देवघाट कमिटिद्वारा वृक्षारोपण

करिश्मा गुरुङ

२८, आषाढ २०७८
राष्ट्रिय युवा संघ देवघाट कमिटिद्वारा वृक्षारोपण

देवघाट, २८ असार । राष्ट्रिय युवासंघ नेपाल देवघाटले वृक्षारोपण गरेको छ। संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नारालाई आत्मसात गर्दै संघले तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ नेछेनथार्वलिङ्ग बौद्ध गुम्बाको वरिपरि आज वृक्षारोपण गरेको हो।

images

संघको आयोजनामा सम्पन्न वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले पानसमा बत्ती बालेर गरेको थियो।

216770971_789007198406862_5005806242103953575_n.jpg

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले युवासंघले राखेको यस वृक्षारोपण कार्यक्रमले आफ्नो ठाँउ समुदायलाई पनि हरियाली र रमणीय बनाउन मद्दत पुग्ने बताए साथै अध्यक्ष थापाले युवाहरुको हित र क्षेमता बिकास र रोजगारको लागी  सिप तालीमको आयोजना गरि युवाहरुलाई रोजगार बनाउने समेत बताए। उनले युवाहरू एकजुट भएर अघि बढे आफ्नो ठाँउ समुदाय र  देश परिवर्तन गर्न कुनै कठिनाइ नहुने बताए।

कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङले वृक्षरोपण गर्नु मात्रै ठुलो कुरा नभई  वृक्षरोपण गरिएका वोटविरुवाहरुलाई संरक्षण पनि हामी सवैले गर्नुपर्ने बताए। वडा अध्यक्ष गुरुङले युवाहरू अब जागुरुप भइ सामाजिक र राजनैनिक क्षेत्रहरुमा नेतृत्व भुमिकामा रहेरअगाडी बढ्नु पर्ने बताए।

215763902_2762515390705056_7863082550373489008_n.jpg

यस्तै कार्यक्रममा देवघाट गाउँपालिका स्तरीय नेकपा एमालेका अध्यक्ष  केशव चन्द्र न्यौपानेले युवासंघले आज गरिएको वृक्षारोपण कार्यक्रम समाज र समुदायको हितको निम्तो उदाहरणीय काम गरेको बताउदै युवासंघ देवघाटलाई धन्यवाद दिए।

सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी,देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति र ठाकुरकुमारी काफ्ले,देवघाट सव डिभिजन वन कार्यालयका प्रमुख नवराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो भने राष्ट्रिय युवासंघ नेपाल देवघाट गाउँपालिका कमिटीका अध्यक्ष सुकु गुरुङको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २२:४४:१३ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology