Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अनेरास्ववियू र युवा संघले चितवनमा प्रधानन्यायधिशको पुत्ला जलायो, आगोले पोल्दा दुई युवा घाइते

अनेरास्ववियू र युवा संघले चितवनमा प्रधानन्यायधिशको पुत्ला जलायो, आगोले पोल्दा दुई युवा घाइते

images

इच्छाकामना न्युज

२८, आषाढ २०७८
अनेरास्ववियू र युवा संघले चितवनमा प्रधानन्यायधिशको पुत्ला जलायो, आगोले पोल्दा दुई युवा घाइते
images

चितवन, २८ असार । चितवनमा सत्तारुढ नेकपा (एमाले) निकटका विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघले विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले आज संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली पक्षीय विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

भरतपुरको चौविसकोठीमा प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाविरुद्ध चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले प्रधानन्यायधिश राणाको पुत्ला समेत जलाएका छन् । प्रहरीले तत्कालै पुत्ला निभाएको थियो । पुत्ला जलाउने क्रममा दुई विद्यार्थी आगोले पोलेर सामान्य घाइते समेत भएका छन् । आक्रोशित विद्यार्थीहरुले प्रधानन्यायधिशलाई देश निकाला गर्ने नारा लगाएका थिए ।

पुत्ला जलाउनुअघि आयोजित विरोधसभामा एमाले चितवनका नेताहरुले पार्टी एकीकरण गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै कारण देशमा यो अवस्था सिर्जना भएको भन्दै अदालतले गरेको निर्णयको विरोध गरेका थिए । सो क्रममा केन्द्रीय नेताहरु, जिल्ला नेताहरु रामप्रसाद न्यौपाने, प्रकाश आचार्यलगायतले सम्बोधन गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २०:३४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology