Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, नेता नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सँगसँगै

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, नेता नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सँगसँगै

इच्छाकामना न्युज

२८, आषाढ २०७८
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, नेता नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सँगसँगै
images

काठमाडौं, २८ असार । बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बस्दै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बसेको छ ।

images
images

कोटेश्वर बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भइरहेका छन् ।

बैठकमा सर्वोच्च अदालतको आदेशपछि उत्पन्न राजनीतिक परिस्थितबारे छलफल हुने जनाइएको छ । विपक्षी गठबन्धनमा लागेका एमाले नेता भीम रावल आज बालुवाटारमा स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । कार्यदलको सहमतिपछि एमाले एकताबद्ध भएको भनिए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन ।

 

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २०:३१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology