काठमाण्डौं, २८ असार ।
निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ। सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलासँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएको हो।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्णय गर्न बाँकी छ, निर्णय भएसँगै स्थगित भएको सूचना जारी गर्छौँ ।’
यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै तालिकासमेत प्रकाशन गरेको थियो ।