Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा डेल्टा भेरियन्टको कोरोना संक्रमण देखियो, जनस्तरमा व्यापक फैलिएको अनुमान

चितवनमा डेल्टा भेरियन्टको कोरोना संक्रमण देखियो, जनस्तरमा व्यापक फैलिएको अनुमान

इच्छाकामना न्युज

२७, आषाढ २०७८
चितवनमा डेल्टा भेरियन्टको कोरोना संक्रमण देखियो, जनस्तरमा व्यापक फैलिएको अनुमान

मधुसूदन दवाडी, चितवन, २७ असार । चितवनमा पछिल्लो समयमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।

images

लकडाउन खुकुलो भएसँगै संक्रमणमा वृद्धि भएको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार असारको पहिलो हप्तामा दैनिक संक्रमितहरुको संख्यामा १०० भन्दा तल झर्ने गरेको चितवनमा असारको अन्तिम हप्ता बुधबार १३५ जना, बिहीबार १०० जना, शुक्रबार १०७ जना, शनिबार १११ जनामा देखिएको थियो । हरेक दिन संक्रमित थपिने दर पछिल्लो समयमा बढ्दै गएको हो ।

शनिबार अस्पतालहरु बन्द हुने भएकोले आज आइतबार स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा ४२ जना संक्रमित थपिएका छन् ।

सरकारले भरतपुरका निजी अस्पतालमा कोरोनाको निःशुल्क उपचार नगर्ने निर्देशन गरेपछि अहिले भरतपुर अस्पतालमा कोरोनाका गम्भीर बिरामीहरुको संख्या बढेको छ । भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले चितवनमा कोरोना संक्रमण लकडाउन खुकुलो भएपछि केही बढेको नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यस्तै चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएपछि थप संक्रमण बढेको छ । डा पौडेलले चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएकोले पनि यो भाइरस बढी संक्रामक रहेको जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय प्रयोगशाला टेकुमा हामीले चितवनबाट पठाएका स्याम्पलहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्ट हालसालै पुष्टि भएको हो ।’ उनले काठमाडौँ, चितवन र पोखरा जस्ता शहरी क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेको बताए ।

डा पौडेलले अहिले गम्भीर लक्षण देखिएपछि मात्र कोरोना परीक्षण गराउने भएकोले सतहमा आएको भन्दा चितवनमा व्यापकरुपमा कोरोना फैलिसकेको अनुमान गर्न सकिने बताए ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - २०:१८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology