Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

दुरसञ्चार प्राधिकरणद्वारा अवैध रुपमा प्रयोग भैरहेका मोबाइल खोज्न सुरु

दुरसञ्चार प्राधिकरणद्वारा अवैध रुपमा प्रयोग भैरहेका मोबाइल खोज्न सुरु

images

पत्रपत्रिका

२७, आषाढ २०७८
दुरसञ्चार प्राधिकरणद्वारा अवैध रुपमा प्रयोग भैरहेका मोबाइल खोज्न सुरु
images

काठमाडौं, २७ असार  । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ ।

साउन १ देखि प्रारम्भिक रूपमै भए पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

करिब पाँच वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ) एमडीएमएसको परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ । यद्यपि यसका लागि आवश्यक हार्डवेयर नेपाल आइनसकेकाले यसको पूर्ण कार्यान्वयन भने अझै केही महिना हुने छैन ।

प्राधिकरणका अनुसार साउन १ पछि हाल जडान गरिएको एमडीएमएसको सफ्टवेयरले नेपालमा अहिलेसम्म प्रयोग भइरहेका वैध र अवैध मोबाइल चिन्नेछ । सफ्टवेयरले वैध मोबाइललाई श्वेत सूची (ह्वाइट लिस्ट) र अवैधलाई कालोसूची (ब्ल्याक लिस्ट) मा राख्नेछ ।

साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट लिस्टमा रूपान्तरण गरिने अध्यक्ष खनालले जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०९:०१:०१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology