Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पहिरोका कारण बिहानैदेखि अवरुद्ध दमौली–खैरेनीटार सडकखण्ड एकतर्फी सुचारु

पहिरोका कारण बिहानैदेखि अवरुद्ध दमौली–खैरेनीटार सडकखण्ड एकतर्फी सुचारु

images

इच्छाकामना न्युज

२६, आषाढ २०७८
पहिरोका कारण बिहानैदेखि अवरुद्ध दमौली–खैरेनीटार सडकखण्ड एकतर्फी सुचारु
images

तनहुँ, २६ असार । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । हाल वर्षा नभएपनि विहीबार र शुक्रबार परेको अविरल वर्षाले माटो कमजोर भई सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।

म्याग्दे गाउँपालिका–१ बडचौरमा खसेको पहिरोलाई डोजरले पन्छाएर एकतर्फी राजमार्ग सूचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पहिरोले शनिबार बिहान ४ बजे पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग करीब चार घण्टा पछि पुनः सञ्चालनमा आएको हो । ‘‘पहिरोमा ठुलो ढुङ्गाहरु खसेकाले दुई तर्फ सञ्चालन ल्याउन सकिएको छैन शनिबार दिनभर नै अवरोध हटाउन लाग्न सक्छ’’ ट्राफिक प्रमुख हमालले बताउनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौं, गोरखा, लमजुङ, चितवन, नवलपरासी जाने गाडी बीच बाटोमै रोकिएका थिए । रोकिएका सवारी साधन र यात्रु राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - १०:०१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology