Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सीमा नाकाबाट अवैध गतिविधि रोक्न बिओपीको सहारा लिइँदै 

सीमा नाकाबाट अवैध गतिविधि रोक्न बिओपीको सहारा लिइँदै 

images

सिआईएन

२६, आषाढ २०७८
सीमा नाकाबाट अवैध गतिविधि रोक्न बिओपीको सहारा लिइँदै 
images

विनोद शर्मा, काठमाडौं, २६ असार । भारततर्फका २६ र चीनतर्फका ७ मौसमी सहित ९ नाकाबाट नेपालमा मानिसको आवतजावत तथा सामान ओसारपसार हुन्छ । खुल्ला सीमाबाट मानिसहरूको आवतजावतसँगै वार्षिक अर्बौँको अवैध सामग्री भित्रिने गरेको छ । सरकारले रोक्नका लागि चालिएका कदम प्रभावकारी भएको दावी गरे पनि परिणाम उत्साहजनक देखिँदैन ।

विदेशी मुलुकबाट हुने आयात निर्यात व्यवस्थित गर्न र अवैध तस्करी नियन्त्रणका लागि चीन र भारतसँगका नाकासहित अन्तर्राष्ट्रिय विमानस्थलमा गरी ३६ वटा भन्सार कार्यालय छन् । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरेर अवैध तस्करी रोक्नका लागि सबै स्रोतसाधन परिचालन गरिएको बताउनुभयो ।

खुल्ला सीमाना भएका ठाउँमा ४० भन्दा बढी छोटी भन्सार स्थापना गरिएका छन् । यस अघि भएका ९० वटा छोटी भन्सार भएका ठाउँमा अहिले सशस्त्रको बोर्डर आउट पोष्ट (बीओपी) राखिएको छ । भारतसँग सीमा जोडिएका २ सय १७ र चीनसँग जोडिएका ७ वटा नाकामा बीओपी छन् । सशस्त्र प्रहरी प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालका अनुसार अवैध मालसामान आयतका लागि त्यहाँबाट नियमित गस्ती हुने गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा भन्सार चोरी निकासी सम्बन्धी १० हजार ५ सय ३३ मुद्धा परेका थिए । नाकाबाट बरामद भएका सामग्रीको लिलामीबाट १ अर्ब १२ करोड २३ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन भयो । चालु आर्थिक वर्षको ११ महिनामा मुद्दाको संख्या साढे ११ हजारभन्दा धेरै छ । यस्को अर्थ सरकारले निगरानी बढाएको मान्नुपर्ने भन्सार वभागका निर्देशक पुण्य विक्रम खड्काको भनाइ छ ।

भारतसँगको झण्डै बाह्र सय किलोमिटरको खुला सीमानालाई व्यवस्थित गर्न र तस्करी नियन्त्रणका लागि सरकारलाई पूर्वाधार, जनशक्ति लगायतको चुनौती छ । सीमाबाट हुने अवैध तस्करी रोक्न अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा राजश्व चुहावट नियन्त्रण समिति जिल्लामा छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०९:३५:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology