Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति जुटाउने 

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति जुटाउने 

सिआईएन

२६, आषाढ २०७८
एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति जुटाउने 
images

काठमाण्डौ, २६ असार । सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ ।

images
images

हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र त्यसबारेमा आज पनि छलफल गरिने वार्ता टोलीमा अध्यक्ष ओलीको तर्फबाट संयोजक बन्नुभएका नेता सुवासचन्द्र नेम्वाङले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार आज सहमति गर्नेगरी हिजो कार्यदलको बैठकबाट नेताहरू उठेका छन् । यद्यपी कार्यदलको आजको बैठक कतिबेला बस्ने भन्ने बारेमा कुनै जानकारी नआएको संयोजक नेम्वाङले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०९:२७:२७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology