Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एलायन्स क्लब अफ तनहुँको पदास्थापन सम्पन्न

एलायन्स क्लब अफ तनहुँको पदास्थापन सम्पन्न

images

इच्छाकामना न्युज

२५, आषाढ २०७८
एलायन्स क्लब अफ तनहुँको पदास्थापन सम्पन्न
images

दमौली, २५ असार । एलायन्स क्लब अफ तनहँुको शुक्रबार दमौली पदस्थापना गरिएको छ । वर्ष सन् २०२१/२२ को लागि अध्यक्ष सुदीप पौडेललाई निर्वतमान अध्यक्ष जमुना जोशीले निर्णय पुस्तिका प्रदान गरि हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष उज्ज्वल पौडेलको प्रमुख आतिथ्यमा हस्तान्तरण कार्यक्रम गरिएको थियो । सो अवसरमा अध्यक्ष पौडेलले कामबाट नै सस्थाको पहिचान हुने भएकोले उदाहरणीय किसिमका कामहरु गरेर गरीमा बढाउनु पर्ने बताउनुभयो । साथै उहाँले क्लबले नेतृत्वको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा युवाहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

alince.jpg

सन् २०२१/२२ अन्य पदहरु प्रथम उपाध्यक्ष विनय राउत, द्धितिय उपाध्यक्ष रोशन शर्मा, सचिव अमित कैनी, कोषाध्यक्ष अजित पन्थ, सहचिव जोहर मिया, सहकोषाध्यक्ष, केसवती दुरा, सर्भिस प्रमुख सन्तोष श्रेष्ठ, स्वास्थ्य प्रमुख कृष्ण, प्रमोसन अफिसर विशालकुमार, मेम्बरसिप ग्रोथ अफिसर  मिनेन्द्र श्रेष्ठ, फेलोसिप अफिसर परशुराम ढुङ्गाना, सम्पादक अर्जनु पौडेल रहनु भएको छ । सल्लाहकारहरुमा आकाश अधिकारी र कल्पना पौडेलको पदस्थापना गरिएको थियो ।

क्लबले धार्मिक स्थलहरुको सरसफाई, गौसंरक्षण केन्द्र पुगेर गाइलाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहको लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्राछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गर्दै आएको छ । क्लबले केही समय अघि मात्रै व्यास नगरपालिका–११ मा भाडाको घरमा बस्ने अपाङ्गता हुनु भएकी शुकमाया आलेको परिवारको खाद्यान्न तथा स्टेशनरी सामग्री मद्धत गरेको थियो । 

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - २१:१४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology