Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको केन्द्रीय कमिटीबैठक आज पनि बस्दै 

एमालेको केन्द्रीय कमिटीबैठक आज पनि बस्दै 

सिआईएन

१९, आषाढ २०७८
एमालेको केन्द्रीय कमिटीबैठक आज पनि बस्दै 
images

काठमाण्डौ, १९ असार । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु हुने र पार्टीको साङ्गठनिक संचरना बारे छलफल तथा निर्णय हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनलाई जानकारी दिनुभयो ।

images
images

हिजो बसेको बैठक आज दिउँसोसम्मका लागि स्थगित गरिएको थियो। हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षलाई निर्देशन दिनुभएको थियो ।

तर नेपाल पक्षले भने लोकतन्त्रको रक्षाका लागि हस्ताक्षर बुझाइएकाले यो फिर्ता नहुने बताउँदै आएको छ । सीआईएनसँग कुराकानी गर्दै नेता भीम रावलले पार्टीको विधान विपरितको संरचना बनाएर गरिएको निर्णयलाई आफूहरूले नमान्ने बताउनुभयो ।

पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।  केन्द्रीय कमिटी बैठकमा नेता वामदेव गौतमपनि यसपटक सहभागी हुनुभएको छ ।

हिजोको बैठकमा गौतमले एमालेलाई एक ढिक्का बनाउने जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको थियो । 

images
प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०९:००:३१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology