Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

पहिरोले बेहुली लिन हिडेका दुलाहाहरुको बिजोग, सँगै फोटोसेशन, सामाजिक संजालमा भाईरल

पहिरोले बेहुली लिन हिडेका दुलाहाहरुको बिजोग, सँगै फोटोसेशन, सामाजिक संजालमा भाईरल

images

इच्छाकामना न्युज

१८, आषाढ २०७८
पहिरोले बेहुली लिन हिडेका दुलाहाहरुको बिजोग, सँगै फोटोसेशन, सामाजिक संजालमा भाईरल
images

चितवन, १८ असार । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज (शुक्रबार) विहानैदेखि अवरुद्ध छ । चार किलो, पाँच किला, जलबिरेलगायतका स्थानमा लगातार पहिरो खसेपछि विहान ५ बजेदेखि बाटो अवरुद्ध छ ।

जसका कारण सडकमा सयौं सवारी साधन रोकिएर अलपत्र परेका छन् । अलपत्र पर्नेमा जन्ती हिडेका दुलाहाहरु समेत परेका छन् । पहिरोकै कारण एकै ठाउँमा ६ जना दुलाहाहरुको जमघट भएको छ । विभिन्न ठाउँमा जन्त हिडेका दुलाहाहरु बाटोमै अलपत्र परेका हुन् ।

आज बाटो खुल्ने छाँटकाट नदेखिएपछि ६ जना दुलाहाहरुले सडकमै सामूहिक फोटो खिचाएका छन् । अहिले यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर  भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए ।

तर मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एक आपसमा गफिन थाले ।

त्यहीँ बेलामा ज्ञानेन्द्रले यादगार क्षण हुन्छ भनेर सामूहिक तस्वीर खिच्ने प्रस्ताव गरे । ज्ञानेन्द्रका अनुसार जाममा परेका १२र१५ जना दुलाहा थिए । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेनन् । ६ जना तयार भए, ज्ञानेन्द्रले क्लिक फोटो खिँचे । पहिरोको कारण अवरुद्ध सडक आज नखुल्ने चितवन प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - २१:१२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology