Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेलायतमा आगामी विहीबारदेखि दोस्रो चरणको देशव्यापी बन्दीबन्दी घोषणा

बेलायतमा आगामी विहीबारदेखि दोस्रो चरणको देशव्यापी बन्दीबन्दी घोषणा

एजेन्सी

१६, कार्तिक २०७७
बेलायतमा आगामी विहीबारदेखि दोस्रो चरणको देशव्यापी बन्दीबन्दी घोषणा
images

काठमाण्डौं, १६ कार्तिक
 बेलायतमा दोस्रो चरणको देशव्यापी बन्दीबन्दी घोषणा भएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताको लागि देशव्यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको हो।
यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।
प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।
हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो।

images
images

 

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०८:४८:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology