पोखरा, १७ असार । लायन्स क्लव अफ सृजना चौतारी पोखराले कोभिडका कारण मृत्यु भएका मृतकको परिवारलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेको छ। क्लवले आज पोखरामा आयोजना गरेको क्लवको सन् २०२१/२२ को नयाँ कार्यसमितिलाई पदस्थापन कार्यक्रमसँगै रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि उक्त रकम सहयोग गरेको हो।
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भै हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडी कोभिड संक्रमणका कारण निधन भएको थियो। उनै स्वर्गीय सुवेदीको परिवारलाई क्लवले आर्थिक सहयोग गरेको हो।

कार्यक्रमको प्रमुख अतिथि क्लवका पूर्व अध्यक्ष एवं संजिवनी दिदिबहिनी केन्द्रका अध्यक्ष बिना गुरुङ र क्लवका वर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की मार्फत सो रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गुरुङले सामाजिक काममा सदैव अग्रसर लायन्स क्लवहरु अझै पिडामा परेकाहरुको सारथी बन्न सकोस् भनि शुभकामना दिए।
यो समाचारमा सहयोग रकम १ लाख १ हजार हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। –सम्पादक