Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पत्रकार महासंघ तनहुँको कल्याणकारी कोषमा रोट्रयाक्ट दमौलीको ५ हजार सहयोग

पत्रकार महासंघ तनहुँको कल्याणकारी कोषमा रोट्रयाक्ट दमौलीको ५ हजार सहयोग

images

इच्छाकामना न्युज

१७, आषाढ २०७८
पत्रकार महासंघ तनहुँको कल्याणकारी कोषमा रोट्रयाक्ट दमौलीको ५ हजार सहयोग
images

तनहुँ, १७ असार । सामाजिक क्षेत्रमा सक्रिय अन्तरराष्ट्रिय क्लब रोट्रयाक्ट क्लब अफ दमौलीले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले खडा गरेको कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेको हो ।

बुधबार क्लबले आफ्नो १८औं स्थापना दिवसको अवसरमा तनहुँ शाखालाई ५ हजार १० रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेललाई क्लबका अध्यक्ष श्रेष्ठले एक कार्यक्रम बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

क्लबले गर्ने हरेक गतिविधि समाजमा समाचार मार्फत प्रचारप्रसार गर्न सहयोग गर्ने पत्रकारहरुको हितमा हुने कोषमा सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार महासंघ तनहुँ शाखाको कोषमा सामाजिक संस्थाबाट पनि सहयोग प्राप्त हुँदा धन्यवाद ज्ञापन गरे । कोषमा रकम उठ्ने क्रम जारी रहेको तनहुँ शाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १९:४५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology