Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा ४ विद्यार्थी संगठनद्वारा राके जुलुस सहित प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलायो

गोरखामा ४ विद्यार्थी संगठनद्वारा राके जुलुस सहित प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलायो

इच्छाकामना न्युज

१६, आषाढ २०७८
गोरखामा ४ विद्यार्थी संगठनद्वारा राके जुलुस सहित प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलायो
images

गोरखा १६, असार । गोरखा जिल्लामा क्रियाशिल ४ राजनीतिक दल निकट बिधार्थी संगठनहरुले सरकारको अधिनायकबाद र स्वेच्छाचारी शासनका बिरुद्ध बुधबार गोरखा सदरमुकाममा राँके जुलुस सहितको बिरोध प्रर्दशन गरेको छ । बिधार्थी संगठनहरुले सदरमुकामको बसपार्कदेखि हरमटारी चोकसम्म राँके जुलुस प्रर्दशन गरेका हुन् ।प्रर्दशनकै बिचमा बिधार्थीहरुले कडा सुरक्षा घेरा तोड्दै प्रहरीलाई झुक्याएर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका छन् । प्रधानमन्त्रीको पुत्ला जलाएपछि बिधार्थी र प्रहरी बिच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

images
images

सरकार बिरुद्ध बिपक्षी गठन अन्तरगत नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले नेपाल-खनाल पक्ष र जनता समाजबादी पार्टी निकट बिधार्थी संगठनहरुले संयक्त रुपमा बिरोध प्रर्दशनको आयोजना गरेका हुन् । बिरोध प्रर्दशनमा सहभागीहरुले संसद बिघटनले देशलाई प्रतिगमन तर्फ धेकेको भन्दै तत्काल गलत कदम सच्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज रामकृष्ण भट्टले राजा, राणा फालेको बिधार्थीहरुले आन्दोलनले ओली फाल्न कुनै चुनौती नहुने बताउनुभयो ।

उहाँले जनता कोभिडको महामारीमा परेका बेला ओली र उनका आसोपासोहरुल लुट र भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाउनुभयो । कोणसभालाई सम्बोधन गर्नुहुदै नेबिसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले २ पटकसम्म संबिधान बिघटन गरेर संबिधानको चिरहरण गरेको बताउनुभयो । उहाँले आफुहरु रहरले सडकमा आएको नभई बाध्यताले सडकमा आउनु परेको भन्दै संबिधानको रक्षाका लागि जस्तो सुकै संर्घषका लागि तयार रहेको बताउनुभयो ।

कोणसभामा अनेरास्वबियु जिल्ला अध्यक्ष सचिन भट्टराईले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई प्रधानमन्त्रीका लालछाप लगाउने कार्यालय जस्तो बनाएको आरोप लगाउनुभयो । कोणसभालाई संसद बिघटनले देशलाई अस्थिरता तर्फ धेकेलेको आरोप समेत लगाएका छन् ।

त्यस्तै बिरोध प्रर्दशनमा सहभागी बिधार्थीहरुले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पदिय मर्यादा बिपरित कानुनलाई चुनौती दिने गरि गरिएका हर्कत र गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु प्राबिधिक माथि भएको जातिय बिभेदको बिरोध गर्दै बिभेदमा संलग्नहरु माथि तत्काल कानुनी कारवाही गर्न समेत माग गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - २२:२२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology