Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एमालेको राष्ट्रिय महाधिबेशन आयोजक कमिटीको बैठक भोली बस्दै 

एमालेको राष्ट्रिय महाधिबेशन आयोजक कमिटीको बैठक भोली बस्दै 

images

इच्छाकामना न्युज

१५, आषाढ २०७८
एमालेको राष्ट्रिय महाधिबेशन आयोजक कमिटीको बैठक भोली बस्दै 
images

काठमाण्डौ, १५ असार । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक भोली बस्दै छ । बैठक भोली विहान ११ बजे बस्ने छ ।  भोलीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ ।

बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । नेपाल पक्षका नेताहरुलाइ बैठकमा बोलाईएको भएपनि मुख्य नेताहरुलाइ भने बोलाईएको छैन ।

वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो ।  

कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ  ।

गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता नदिएपछि २ जेठ २०७५ को एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने तयारी अध्यक्ष ओलीको तयारी छ । 

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २१:१९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology